शुक्रबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री पोखरेल मनाङमा अड्किए

शुक्रबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री पोखरेल मनाङमा अड्किए
२०७८ असार ३ गते बिहिबार ०२:०३

शुक्रबार विश्वासको मत लिने तयारी गरेको गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल मनाङको चामेमा अड्किएको खबर आएको छ । पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय...

शुक्रबार विश्वासको मत लिने तयारी गरेको गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल मनाङको चामेमा अड्किएको खबर आएको छ ।

पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’, सांसद चिन्तबहादुर घलेसहितको टोली चामेमा अड्किएको बताइएको छ ।

मनाङमा अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर उड्ने अवस्था नरहेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानाकारी दिनुभयो ।

‘अहिले मनाङको मौसममा एक्कासि बदली भएकाले हेलिकप्टर उद्धारमा पनि खटिन नसकेको तथा प्रभु एयरको हेलिकप्टर पनि बगरछापमा ल्याण्ड भएको छ।

मनाङमा अड्किएका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ । विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा बुधबार नै दर्ता भइसकेको छ।

मनाङमा अड्किएका मुख्यमन्त्री पोखरेल शुक्रबार बिहानै आउने र सदनको कारबाही अघि बढ्ने सरकारका प्रवक्ता खड्काले जानाकारी दिनुभयो । भोलीपनि मौषमी खरावी देखिएमाm केहोला भन्ने प्रश्न उठेको छ ।

प्रकाशित मिति २०७८ असार ३ गते बिहिबार ०२:०३
प्रतिक्रिया दिनुहोस्