महिला दिवसमा पुस्तिका विमोचन

महिला दिवसमा पुस्तिका विमोचन
२०८१ फाल्गुण २४ गते शनिवार ०८:२७

पोखरा फागुन २४ / मार्च ८ अर्थात् ११५ ‍औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा देशै भरी विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाद्धारा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रकाशित...

महिला अधिकार स्थापित गराउन पुस्तिका महत्वपूर्ण साबित हुनेछ : नगर प्रमुख रेग्मी

पोखरा फागुन २४ / मार्च ८ अर्थात् ११५ ‍औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा देशै भरी विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाद्धारा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रकाशित “सामाजिक नारी आवाज” पुस्तिका विमोचन गरिएको छ । सो पुस्तिका अन्तराष्ट्रिय महिला दिवसको पुर्वसन्ध्यामा शुक्रबार विमोचन गरिएको हो ।
स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायि भूमिकामा रहेका महिलाहरुले महिला अधिकार, लैङ्गिक हिंसा अन्त्य लगायतका विषय वस्तु समेटिएर उहाँहरुको विचार प्रकाशन गरिएको छ ।

सो पुस्तिकामा स्याङ्जा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले लेखेको ूलैङ्गिक हिंसाको अन्त्य ू शीर्षक समेटिएको कविताहरु समेत समावेश गरिएको छ । पुस्तिकाको विमोचन गर्दै पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले सो पुस्तिकामा स्याङ्जा जिल्लामा विभिन्न क्षेत्रमा नेतृत्वदायि भूमिकामा रहेका महिलाहरुको सशक्त विचार र बालिकाहरुको कविता समेटिएको हुदाँ महिला अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । नगर उपप्रमुख देवी अर्यालले महिलाहरुको अधिकार, सशक्तिकरण, लैङ्गिक हिंसा विरुद्धको सचेतना, विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिन ।

सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले सामाजिक नारी आवाज पत्रिका एक सामाजिक , सांस्कृतिक र जागरुकता सम्बन्धी प्रकाशन भएको र यसले महिला अधिकार, समानता र सशक्तिकरण प्रवर्द्धनमा महत्वपूर्ण भूमिका हुने बताए । उनले भने लैङ्गिक हिंसाको अन्त्य कसरी गर्ने विषयमा केन्द्रित रहेर महिला नेतृत्वको विचार र विद्यालयका छात्राहरुले कविता यसमा समावेश गरेको हुदाँ लैङ्गिक हिसां अन्त्यको लागि सामाजिक नारी आवाज एउटा महत्वपूर्ण पुस्तिका हुनेछ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्याधिवक्ता श्रीकला पौडेल, जनप्रतिनिधि, महिला अधिकारकर्मी, प्रहरी तथा विभिन्न क्षेत्रका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । हरेक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष “सबै महिला तथा बालिकाको लागि स् अधिकार, समानता र सशक्तिकरण” नाराका तय गरिएको छ ।

प्रकाशित मिति २०८१ फाल्गुण २४ गते शनिवार ०८:२७
प्रतिक्रिया दिनुहोस्