फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलशले पाए सफाइ

फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलशले पाए सफाइ
२०८१ फाल्गुण २७ गते मङ्गलबार ०१:१८

पोखरा २७/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको अवस्थाको हिरासतको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलश भुसालले कास्की ज्लिला अदालतबाट सफाई पाउनुभएको छ । भुसाललाई अभियोग नपुग्ने भनि फैसला भएको हो । जिल्ला...

पोखरा २७/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको अवस्थाको हिरासतको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलश भुसालले कास्की ज्लिला अदालतबाट सफाई पाउनुभएको छ । भुसाललाई अभियोग नपुग्ने भनि फैसला भएको हो ।
जिल्ला न्यायाधीश हिमलाल बेल्बालसेको इजालसले प्रमाण नपुगेको भन्दै उनलाई सफाई दिने निणर्य गरेको हो।

उहाँ विरुद्ध विद्युतिय कारोबार सम्बन्धी ऐन अन्तरगतको कसुरमा मुद्धा चलाइएको थियो । यस्तै उहाँलाई कास्की प्रहरीले प्रतिबेदन जाहेरिको आधारमा मुद्धा चलाएको थियो । २०८१ माघ १० गते जिल्ला प्रहरी कार्यालय कास्की सरकारी वकिल मार्फत उनी बिरुद्ध मुद्धा दर्ता भएको थियो । निकोलशको पक्षबाट अधिवत्ता विमल प्रसाद लामिछानेले बहस गर्नुभएको थियो । पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गरेको जिम्मा कही केहि समय अघि मात्र डा. भुसालले लिनुभएको थियो । उहाँले फेसबुकमार्फत आफूले अन्जानमा लामिछानेको फोटो सार्वजनिक गरेको भन्दै माफी समेत माग्नुभएको थियो । रास्वपा समर्थकले भने प्रहरी प्रशासनको कमजोरी भन्दै फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।

प्रकाशित मिति २०८१ फाल्गुण २७ गते मङ्गलबार ०१:१८
प्रतिक्रिया दिनुहोस्